रौतहट १५ भदौ । समुदाय प्रहरी साझेदारी अन्तर्गत शनिबार मानव बेचबिखन तथा ओसारपसार विरुद्ध प्रभातफेरी निकालिएको छ ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको आयोजना,जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट तथा र्ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी कर्मचारी, दुर्गा मा.वि. र बाल निकेतन आवासीय मा.वि. मा अध्ययनरत कक्षा ९ र १० का छात्रछात्राहरुको सहभागितामा प्रभातफेरी निकालिएको हो ।

करिब १ सय २५ जना सहभागी रहको प्रभातफेरी कार्यक्रममा मानव बेचबिखन अपराध हो,हामीलाई बेच्न पाईदैन भन्ने नारा लेखिएका प्लेकार्ड बोकेर मानब बेचबिखन बिरुद्ध नारा लगाईएको थियो ।

मानव बेचबिखन तथा ओसारपोसार विरुद्ध ब्यानर, प्लेकार्ड सहित निकालिइएको र्याली चन्द्रनिगाहपुरको बजार परिक्रमा गरे पश्चात हिमालयन होटलको सभाहलमा जम्मा भई जनचेतनामुलक भिडियो प्रर्दशनी र अन्तरक्रिया पश्चात सम्पन्न भएको ईप्रका चन्द्रनिगाहपुरका प्रमुख डिएसपी कबित कटुवालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here