एजेन्सी । भारतका पूर्व मन्त्री अरुण जेट्लीको निधन भएको छ ।

६६ वर्षीय जेट्लीको एम्स अस्पतालमा शनिबार निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी दुई सातादेखि उपचारका लागि यही अस्पतालमा थिए ।

स्वास लिनमा समस्या भएपछि गत अगस्ट ९ तारिखमा दिल्लीको एम्स अस्पतालाको आइसियूमा उनलाई भर्ना गरिएको थियो ।

६६ वर्षीय पूर्व मन्त्री जेटली भाजापाका दिग्वज नेतामध्ये एक हुन् । सन् २०१४ देखि २०१९ सम्म प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा वित्त मन्त्री थिए । उनले रक्षा, उद्योग तथा वाणिज्य, कानुन तथा न्याय लगायत महत्वपूर्ण मन्त्रालयमा पनि जिम्मेवारी सम्हालेका थिए ।

जेट्लीको निधनमा भारतीय गृहमन्त्री अमित शाहले दुस्ख व्यक्त गरेका छन् ।

पछिल्लो समय भाजपाले दुई ठूला नेता गुमाएको छ । अघिल्लो महिनामात्रै पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here