जनकपुर ६ भदौ । प्रदेश नम्बर २ को नामाकरण र राजधानीको सवालमा सत्तारुढ र विपक्षी दलका सांसदहरुले फरक मत दर्ता गराएका छन् ।

समाजवादी पार्टी र राजपा नेपालले संयूक्त रुपमा प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम हुनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका छन् । प्रस्तावमा राजधानीको सीमा समेत तोकिएको छ ।

राजधानीको सीमामा मिथिला माध्यमिक परिक्रमा सडक, उत्तरमा ढल्केवर राजमार्ग, पूर्वमा कमला नदी सम्म र दक्षिणमा भारतको सीमासम्म तोकिएको छ । राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साहले मधेशी जनता र मधेश आन्दोलनको म्याण्डेटको आधारमा आफूहरुले प्रदेशको नाम मधेश नै उपयुक्त हुने भन्दै नामका लागि मधेश प्रस्ताव गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here