वीरगंज ६ भदौ । वीरगंजलाई प्रदेश नं. २ को राजधानी नबनाईए आफुहरुले कडा आन्दोलन गर्ने विद्यार्थी नेता मधुसुधन चौरसियाले चेतावनी दिएका छन् । प्रदेशसभामा बिहिबार राज्यको स्थायी राजधानीबारे सुझाव संकलन भए पछी नेता चौरसियाले यस्तो चेतावनी दिएका हुन् । विद्यार्थी नेता चौरसियाले वीरगंजलाई प्रदेशको केन्द्र नबनाई अन्त सार्ने सोच्नु समेत अनुचित रहेको बताउनुभएको छ ।

उहाले मधेस आन्दोलनको जन्मभुमी वीरगंजलाई प्रदेशको राजधानी बनाएर मधेसी जनताले वीरगंजको योगदानलाई कदर गर्नु पर्छ । ‘मधेस आन्दोलनलाई ६ महिना सम्म थेग्ने साहस वीरगंजले गर्यो, यहाँका जनताले आफ्नो ज्यानको बलिदानी दिएका छन्।’ नेता चौरसियाले भन्नुभयो ‘आज आएर प्रदेश केन्द्रको कुरा गर्दा जनकपुरलाई प्राथमिकता राख्नु मधेस आन्दोलन संग घात गर्नु हो ।चौरसियाले देशकै आर्थिक राजधानीलाई राजधानी नबनाएर अन्य स्थानलाई रोज्नु मुर्खता भएको बताएका छन् ।

उहाले प्रदेश नं. २ को केन्द्र वीरगंज नबनाईए आफुहरुले कडा प्रतिकार गर्ने समेत चेतावनी दिनुभएको छं ।’मधेस आन्दोलनलाई सम्मान गर्न र मधेसका अन्य मुद्दाहरुलाई स्थापित गराई पुरा गराउन प्रदेश नं. २ को राजधानी वीरगंजलाई बनाउनु पर्ने उहाले तर्क गर्नुभएको छ । चौरसियाले प्रदेशलाई समृद्धि तर्फ लग्दै यस्को दीर्घकालीन विकासमा वीरगंजले ठुलो भूमिका खेल्न सक्ने भएकोले पनी प्रदेशको राजधानी वीरगंज हुन् आवश्यक रहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here