एजेन्सी । बलिउड सुपरस्टार सलमान खान यतिबेला अपकमिङ फिल्म दबंग ३ को सुटिङमा व्यस्त छन् ।

हालै यो फिल्मको रिलिज मिति पनि तय गरिएको छ । दबंग ३ हिन्दीका साथै कन्नड, तमिल र तेलुगु भाषामा रिलिज हुँदै छ । यो फिल्म यही वर्षको डिसेम्बर २० का दिन प्रदर्शन हुँदैछ । फिल्म सुटिङ यतिबेला जयपुरमा चलिरहेको छ । सलमान खान आफैंले पनि फिल्मसँग सम्बन्धित केही तस्बिरहरुका साथै बिहान्ड द सिन भिडियोहरु बेला(बेलामा सार्वजनिक गरिरहेका छन् । तर, फिल्म सेटबाट केही तस्बिरहरु लिक भएका छन् ।

तस्बिरहरु लिक भएपछि सलमान खानले कडा एक्सन लिने बताएका छन् । यद्यपि, त्यसको बावजूद फिल्मको छयांकनस्थलका केही तस्बिरहरु लिक भैरहेका छन् । यो कुराको जानकारी पाएपछि सलमान निकै रिसाएका छन् ।

यद्यपि, त्यसको बावजूद फिल्मको छयांकनस्थलका केही तस्बिरहरु लिक भैरहेका छन् । यो कुराको जानकारी पाएपछि सलमान निकै रिसाएका छन् । यसका साथै उनले फिल्म सेटमा कसैलाई पनि मोबाइल अन गर्ने अनुमती दिएका छैनन्। उनले सुरक्षा बढाउन पनि निर्देश जारी गरेका छन् ।

दबंग ३ को निर्देशन प्रभुदेवाले गरिरहेका छन् । फिल्ममा साउथ एक्टर सुदीप भिलेनको रुपमा देखिँदैछन् भने सलमान र सोनाक्षीका अलावा महेश मान्जरेकरकी छोरी साईंले अभिनय गर्दैछन् । दबंग फ्रेन्चाइजीका अघिल्ला दुई फिल्म हिट भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here