रौतहट १२ साउन । बाढी पिडितको अवस्था र नदी कटानको अवस्था बुझ्न सांसदहरुको टोली शनिवार रौतहट आइपुगेको छ ।

रौतहट क्षेत्र नम्वर ३ का ससद तथा नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साहले प्रदेश सरकारको कमजोरीले रौहतटका बाढी पिडित थप पिडामा रहेको आरोप लगाए । रौतहटमा बाढी र डुवान बाठ आर्वौको क्षेती रहेको जानकारी दिदै सडक मर्मतमा कसैले चासो नदिएको बताए । बाढी आएको १५ दिन बिती सक्दा पनि ग्रामिण भेगको सडकहरुमा आवागमन ठप्प रहेको प्रति सांसद साहले चिन्ता व्यक्त गरेका छन ।

रौतहट क्षेत्र नम्वर ४ का सांसद देव प्रसाद तिमल्सेनाले प्रदेश र केन्द्र सरकारले रौतहटको बाढी पिडित प्रति ध्यान नदिएको गुनासो गरे । जिल्लाको समस्याको बिषयमा सदन लाइ जनकारी गराएको ५० पटक मन्त्रीहरु लाइ भेटेर भनेको तर सुनवाइ नभएको प्रति सांसद तिमल्सेनाले दुखेसो पोखे ।

बाढी बाट रौतहटमा ठुलो क्षेती भएको र सरकारलाइ पुर्व तयारीका लागी पटक पटक जानकारी गराउन बेवास्ता गरेको रौतहट क्षेत्र नम्वर १ का सासद तथा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक अनिल कुमार झाले गुनासो गरेका छन । आफुले बाढी पहिरोको बिषयमा १७ महिनामा १२ पटक सदनमा बोलेका तरपनि सरकारले सुनवाइ नगरेको उनको गुनासो छ ।

बाढी र डुवान पछिको अवस्थाको निरिक्षण गर्न एक दर्जन सासदहरु शनिवार रौतहट आइपुगेका छन । उनीहरुले बागमती र लालबकैया नदीले कटान गरेको स्थानको निरिक्षण गरेका थिए
। रौतहट आइपुगेको राज्यका निर्देशक सिद्धान्त निती र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्याकन समितीका सभापती निरादेवी जैरु ले बस्ति डुवेपछि राहात दिने भन्दा बिकाश निमार्णको कामलाइ स्थायी र व्यवस्थितरुपमा संचालनगर्न सरकारको ध्यानाकर्षण गराउने बताइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here