काठमाडौँ ८ साउन । कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतको मद्दतले आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ । वर्षाका कारण ९ ओभरमा छोट्याइको खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराउँन सफल भएको हो । मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

कप्तान मल्लले विस्फोटक ब्याटिङ गर्दै २१ बलमा ५१ रन बनाए । यसक्रममा उनले मल्लले ५ चौका र ३ छक्का प्रहार गरे ।

यो नेपाली खेलाडीले सबैभन्दा कम बलमा बनाएको अर्धशतक हो ।

नेपालका लागि सोमपाल कामीले ३, वसन्त रेग्मीले २, करण केसी र सन्दीप लामिछानेले १–१ विकेट लिए । सिंगापुरमा जुलाई २० देखि २८ सम्म आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगिता हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here