नायिका पुजा शर्मा अहिले चर्चामा रहेकी छन् । उनी भर्खरै एक नयाँ फिल्ममा अनुबन्ध भएकी हुन् ।

नयाँ फिल्ममा अनुबन्ध हुनु चर्चाको विषय नभएर उनले लिएको पारिश्रमिकको चर्चा भएको हो । नायिका शर्माले दार्जिलिङका निर्माताले बनाउन लागेको नयाँ चलचित्रमा पनि काम गर्ने पक्का भएको छ । निर्देशक पनि भारतबाट नै आउने बताइएको छ । फिल्मको नाम र अन्य कलाकारका बारेमा केही खुलाइएको छैन ।

पछिल्लो समयकी चर्चित नायिका पूजा केही दिनअघि मात्र फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा अनुबन्ध भएकी थिइन् ।

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को छायांकन सकिएपछि यो चलचित्रको छायांकन सुरु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here