काठमाडौं ७ साउन । सन्तोष सेनको निर्माणाधीन फिल्म ‘प्रेमगीत–३’मा अनुबन्धित भएसँगै मनिष राउत चर्चामा छन् ।

आगामी चैत २८ मा प्रदर्शन हुने चलचित्रका लागी उनले अहिले वर्कशप गरिरहेका छन् । यसैबीच मनिष राउत ‘डा. डेनिम’को ब्राण्ड एम्बेसडर बनेका छन् । यस ब्राण्डका सुमन गौतमले ‘प्रेमगीत–३’ सम्बन्धित विभिन्न सामग्री हेरेरै मनिष राउतलाई ‘डा. डेनिम’को ब्राण्ड एम्बासडरको रुपमा लिइएको बताएका छन् ।

स्वदेशी उत्पादनलाई विदेशसम्म फैलाउने लक्ष्य सहित आएको यो ब्राण्डको एम्बेसडर बन्न पाउँदा निकै खुशी लागेको राउतले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here