काठमाडौं ७ साउन । आईसीसी टी–२० विश्वक्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल कतारसँग ४ विकेटले स्तब्ध बनेको छ ।

आफ्नो पहिलो खेलमा नेपालले कमजोर आँकिएको कतारसँग ४ विकेटको अप्रत्यासित हार व्यहोर्‍यो । छनौटमा वरियाताको आधारमा नेपाल सबैभन्दा बलियो टोली हो । नेपालले केवल १२२ रनको स्कोर बनाएर कतारलाई १ सय २३ रनको सामान्य चुनौति पेश गर्‍यो ।

कतारलाई जीत दिलाउन इनमाम उल हकले सर्वाधिक ४१ रनको योगदान दिए भने कमरान खानले २२ रन बनाए । त्यस्तै, नोउमान सरवारले नटआउट रहँदै १५ रन बनाएर टोलीलाई लक्ष्यसम्म पुर्याए ।

नेपालका बलरहरुमा सन्दिप लामिछानेले ३ विकेट लिए पनि खर्चिला भए । उनले ४ ओभरमा ३३ रन दिए । बाँकी एक विकेट करण केसीको नाममा रह्यो ।

प्रतियोगितामा सहभागीहरुमध्ये नेपालमात्रै एक दिवसीय मान्यताप्राप्त राष्ट्र हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here