रौतहट ३ साउन । बाढी तथा डुबानका कारण तराई मधेशका जिल्लामा हजारौं नागरिक विस्थापित भएको भन्दै राहत तथा पुनर्निर्माणको माग राख्दै नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष तथा सांसद प्रभु साहले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनु भएको छ ।

बिहीवार दर्ता गराइएको प्रस्तावलाई समाजवादी पार्टीका सांसद उमाशंकर अरगरिया तथा नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले समर्थन गरेका छन ।

राज्यले तत्काल बाढी प्रभावित क्षेत्रका पीडितलाई अस्थायी सुरक्षित आवास व्यवस्था गर्नुपर्ने, आवश्यक खाद्यान्न व्यवस्था गर्नुपर्ने, अवरुद्ध सडक, बिजुली, संचार लगायत पूर्वाधार सुचारु गर्नुपर्ने, मृतकका परिवारलाई राहतस्वरूप ५ लाख नगद तथा घाइतेको उपचार गर्नुपर्ने जस्ता माग राखेर प्रस्ताव दर्ता गराइएको हो ।

दुषित पानी तथा फोहोरमैमैलाका कारण महामारी फैल्ऽिन सक्ने भन्दै पूर्व तयारी गर्न आग्रह गरिएको छ । चुरेदेखि भारतीय सीमासम्म मुख्य नदीमा मजबुत बाँध निर्माण, नदीको बहाव क्षेत्रको जग्गा अतिक्रमण रोक्न, पानीको प्राकृतिक बहाव अवरुद्ध हुनेगरी बनाइएको संरचना हटाउन एवं नदीको गहिराई कायम राख्न चुरे क्षेत्रमा हुने भूस्खल्ऽन रोक्नुपर्नेजस्ता माग प्रस्ताव मार्फत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here