गौर २ साउन । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बाढीपीडित क्षेत्र रौतहट जिल्लामा राहत बितरण तथा बाढीले पुर्याएको क्षेतीको निरिक्षण गर्नु भएको छ ।

गौरस्थित प्रशासन कार्यालय परिसरमा मुख्यमन्त्री राउतले बाढी पीडितलाइ खाद्यान्न, त्रिपाल, झुल लगायतको समाग्री वितरण गर्नु भएको छ ।

मुख्यमन्त्री राउतले बाढी पीडितलाइ राहत वितरण गर्ने कार्यलाई तदारु कताका साथ अघि बढाउन सम्बन्धित सबैलाई यसअघि नै निर्देशन दिइसक्नु भएको छ । प्रदेश सरकारले उपल्ऽब्ध गराएको दश–दश लाख रुपैयाँको राहत समाग्री वितरण गरिसकेको छ । बाढी पीडितलाई राहत वितरणको लागि प्रदेश सरकारले छुट्टाछुट्टै टोली बनाएर जिल्लाहरुमा परिचलन गरेको छ ।

प्रदेश सरकारले एक करोड ३५ लाख बराबरको राहत समाग्री रौतहट जिल्लाको बाढी पीडितलाई वितरण गर्न लागेको बताइएको छ । २५ किलोग्राम चामल, चार किलोग्राम दाल, झुल, त्रिपाल सहित दुई हजार पाँच सय ७५ रुपैयाँको समाग्री एक परिवार लाइ वितरण गर्न लागेको हो । तत्काल पाँच हजार बाढी पीडितलाई उक्त राहत समाग्री वितरण गर्न लागिएको हो ।

राहत वितरण कार्यक्रममा आन्तरिक मामिल्ऽा तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव, भूमि व्यवस्थापन, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा लगायतकाहरुको उपस्थिति रहेको थियो ।

यसै बिच प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाढी तथा डुवानको स्थायी समाधान खोज्नुपर्ने बताउनु भएको छ ।
विस्थापितहरुको पुनस्र्थापनाका लागि प्राधिकरण नै गठन गर्नुपर्नेमा उहाले जोड दिनु भएको छ ।

बाढी पीडितलाई राहत वितरण गर्न बिहीबार गौर आएका मुख्यमन्त्री राउतले सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्थायी समाधानका लागी पहल गर्नुपर्ने धारणा राख्नु भएको हो ।

‘नदीहरुलाई व्यवस्थित बनाउन र तटबन्धहरुको समुचित व्यवस्थापनका लागि कसैले ढिलो गर्नु हुँदैन,’ उहाले भन्नु भयो । संघीय सरकारले ठोस नीति बनाएर प्रदेश सरकार र स्थानीय तहको सहभागितामा काम गर्नुपर्ने आवश्यक्ता उहाको जोड छ ।

मुख्यमन्त्री राउतले जिल्ला प्रशासन कार्यलय रौतहट मार्फत बाढीमा मृत्यु भएकाहरुको परिवारलाई एक लाख रुपैयाँ, खाद्यान्न तथा पाल हस्तारन्तरण गर्नु भएको छ । प्रदेश सरकारले मृतकका परिवारलाई तीन लाख राहत दिने घोषणा यसअघि नै गरेको थियो ।

मुख्यमन्त्री राउतले वागमती, लाल बकैया, झाझ, डोरी, चादी लगायतका नदीहरुलाई व्यवस्थीत बनाउन र तटबन्धहरुको समुचित व्यवस्थापन गरी समस्या समाधान गर्नुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here