काठमाडौँ २ साउन । नेपाली कांग्रेसले तिलोत्तमा नगरपालिकास्थित बुद्धका मूर्तिहरु तोडफोड गरिएकोमा आपत्ति जनाएको छ ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले बिहीबार विज्ञप्ति जारी गर्दै विश्वमा नेपाललाई चिनाउने शान्ति र सहअस्तित्वलाई प्रेरित गर्ने भगवान गौतमबुद्धको मूर्तिहरुलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान भएको बताएका छन् ।

‘यसरी धार्मिक, सांस्कृतिक सहिष्णुतामा आँच आउने र धार्मिक द्वन्द्वलाई निम्त्याउने गरी नियोजित रुपमा बुद्धको मूर्तिलाई तोडफोड गर्ने कार्य अत्यन्त निन्दनीय एवं घोर आपत्तिजनक छ ।’

सत्यतथ्य छानविन गरी दोषीलाई कानूनी कारवाही गर्न पनि नेपाली काँग्रेस संसदीय दलले माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here