बीरगंज १ साउन । बीरगंजबाट लागू औषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका वडा नं २६ बस्ने ३७ वर्षीय राजु सिटौला रहेका छन ।

उनको साथबाट डाइजेल्याब, नोफिन, फेनारगन १५ १५ गरी ४५ वटा ट्याबलेट बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका १६ भन्सार मुलगेटबाट शरीरमा लुकाएर लागूऔषध भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा बुधबार सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here