बीरगंज १ साउन । बीरगंजमा खोलामा डुबेर एक बालकको ज्यान गएको छ ।

ज्यान जानेमा वीरगंज महानगरपालिका २८ बस्ने कृष्ण ठाकुरको ५ वर्षीय छोरा अकलेश रहेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले जानकारी दिए ।

मंगलबार भेडाहा खोलामा डुबेर गम्भीर अवस्थामा रहेका बालकलाई उद्धार गरी उपचारका लागि वीरगंज लैजादै गर्दा उनको बाटैमा मृत्यु भएको पर्सा प्रहरी प्रवक्ता समेत रहेका शर्माले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here