रौतहट १ साउन । बाढी पीडितहरुको अवश्था बुझ्न नेपाली काग्रेंसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा रौतहट आउनुभएको छ । स्थलगत रुपमा पीडितको वास स्थान सम्म पुगेर स्थीतिका बारेमा जानकारी लिएका सभापति देउवाले सरकारको कडा आलोचना गर्नुभएको छ ।

तराई मधेश बाढीमा डुबेर पीडामा भएको बेला संसदमा सबै एजेण्डा स्थगित गरेर बाढी पीडितलाई सहयोग गर्नु पर्छ भनेर प्रस्ताव लग्दा पनि सता पक्षले संसद स्थगित गरेकोमा उनले आक्रोश पोखेका छन । प्राकृतिक प्रकोपका बेला पनि सरकार जनता प्रति संवेदशिल नभएको उहाको आरोप छ ।

“बाढी पीडितलाई सहयोग गर्न सबै पार्टीको एक्यबद्धता हुदा पनि सरकारले सकारात्मक कुनै पहल गर्न सकेन । ”सभापति देउवाले भने “विपतका बेला एकजुट हुनु पर्छ, देशहितको बेला एकजुट हुनु पर्छ तर सरकार आफ्नै दम्भमा हिडेको छ ।” देउवाले बाढी प्रभावित गढीमाई नगरपालिकाको लक्ष्मीपुर, धनारी, दुर्गा भगवति गाँउपालिकाको १, २, र ५ वडा तथा सदरमुकाम गौरको स्थलगत निरिक्षण गरेका छन । भारतीय बाँधका कारण देशको भूभाग डुबि रहदा पनि सरकारको कुटनितिक पहल नभएको उहाको तर्क छ ।

भारतीय बाँधका कारण रौतहट डुबानका बारेमा सरकारले जवाफ दिनु पर्ने उनले बताएका छन । सरकारमा रहेका मधेशवादी दलले पनि मधेशको जनताको भावनको दुरुपयोग गरेको र जनतालाई अवहेलना गरेको सभापति देउवाले बताए । चुनावका बेला मधेशी भन्दै मत मागेका नेताहरुले आज स्थानिहरु पाँच दिन देखी भोको र अनिदो रहदा पनि कुनै वास्ता नगरेको उनको आरोप छ । बाढिका कारण विस्थापित भएकाहरुले पनि सरकारले आफूहरुको कुनै वास्ता नगरेको भन्दै देउवा समक्ष दुखेसो पोखेका थिए ।

बाढी पीडितहरुका लागी नेपाली काग्रेंका संसदिय नेताहरुले पाँच दिन बराबरको तलब दिने र पीडितहरुको पुर्नस्थापना तथा दिगो रुपमा समस्या समाधानका लागी संसदमा पनि जोडदार आवाज उठाउने सभापति देउवाले बताए ।
रौतहटमा आएको बाढीका कारण ७० हजार भन्दा प्रभावित भएका छन भने ९ जनाको ज्यान गएको छ । बाढीले बाग्मती र लाल बकैया नदीको बाँध विभिन्न स्थानमा फुटदा हजारौ परिवार विस्थापीत बनेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here