रौतहट १ साउन । रौतहट जिल्लाको राजपुर नगरपालिका वड़ा नम्बर १ पिपरा भगवानपुरका ७० घर परिवार ५ दिन देखि लाल बकैया नदीको बांधमा त्रिपाल मुनि गुजारा गरिरहेका छन ।

आषाढ़ २८ गतेका दिन लालबकैया नदीमा आएको बाढि़ले घर क्षतिग्रस्त, डुवानमा परेको दिन देखि बांधमा सहारा लिएका हुन ।दलित समुदायका करीव ८० घर परिवारले सानो बच्चा सहित पाल मुनि गुजरा गरीरहे पनि हाल सम्म कुनै राहत नपाएको दुखेसो बाढि़ पीडि़तहरुले गरेका छन ।

नदीको पूर्व तर्फमा निर्माण गरिएको तटबंधमा ५ दिन देखि बसेको छू कोही कसैले हेर्न पनि नआएको पीडि़त शेख नासिरले बताउनु भएको छ । उहाले भन्नुभयो बाढ़ीले नहर भत्काइ दिएको छ । आवागमन गर्न समस्या रहेको छ, घरमा बस्ने अवस्था रहेको छैन अरु ठाउँमा राहत वितरण गरे पनि हामीलाइ कसैले हेर्न पनि आएंन । पानी पर्दा पाल मुनि जहांन परिवार लुकेर बस्छौ भन्दै नासिरले नगरपालिकाका प्रमुख मोहमद सकिल अख्तर १ दिन पनि हालखबर बुझ्न न आएको बताउनुभएको छ ।

शुद्ध खाने पानीको आभाव रहेको छ । बांध मै खाना पकाएर खाने गरेको बताउँदै यहां बसेका सवै महिला पुरुष, बृद्धबृद्धा, बाल बालिकाहरु कस्टकर जीवन विताई रहेका छौ ।

स्थानीय राम एकवाल रामले एक दिन वड़ा अध्यक्षले चिउरा दिएको बताउनुभएको छ । ५ दिन भए पनि ४ दिन देखि कोही आएंन हामी गाउ देखि बाहिर बांधमै ज्यान जोखिममा राखेर बस्न बाध्य भएका छौ उनले भने चुनावको बेला ठुल ठूला कुरा गर्ने नेता विपद परेको बेला हेर्न पनि रुचएके छैन । बांधको नजिक भएर नद बगी रहेकोले जोखिम पुर्ण अवस्था रहेको छ । सानो सानो बाल बालिकाहरुलाई देखे पछि हृदय दुखित हुन्छ । विपदको बेलामा समय मै राहत, उद्दार, व्यवस्थापन गर्नु पर्ने जरुरी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here