बारा ३१ असार । बिहिबारदेखी आईतबारसम्म भएको अबिरल बर्षाका कारण बाराको ४० प्रतिशत माछा पोखरीमा ठुलो क्षती पुगेको छ । जिल्लाका बकैया र पसाह खोलाको पानी पोखरीमा पस्दा पोखरीमा पालिएका करिब चार हजार मेट्रिक टन माछा बगेको मत्स्य ब्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर साहले बताउनुभएको छ ।

माछाको पकेट क्षेत्रकै ४० प्रतिशत पोखरी बाढीले बगायो ।’ साहले बारासँग भन्नुभयो ‘जसका कारण किसानले करोडौँ रुपैया बराबरको क्षती बेहोरेका छन् ।’

बारामा माछाको पकेट क्षेत्र मानिने कोल्हवी नगरपालिकाको माछागाउँका नामले परिचित ‘जिल्लाका पकेट क्षेत्रहरुमा नै ठुलो क्षती पुग्यो यसले जिल्लासँगै समग्र देशको माछा उत्पादनमा प्रभाव पर्ने देखिएको छ ।

’देशको माछा उत्पादनमा ६० प्रतिशत योगदान रहँदै आएको बाराको कुल १० हजार ३५ हेक्टर क्षेत्रफलमा माछा खेती गरिँदै आएको छ । जिल्लामा यसबर्ष ४९ हजार मेट्रिकटन माछा उत्पादन गर्ने लक्ष राखिएको थियो क्षतिपश्चात पोखरीको बिमा गरेका किसानले नेपाल सरकारमार्फत ७५ र बिमा कम्पनी मार्फत १० गरी ८५ प्रतिशत क्षतीपूर्ती पाउने पनि उहाले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here