रौतहट २८ असार । भारतले समयमै बाँधका ढोकाहरु नखोल्दा रौतहट पूर्णरुपमा डुबानमा परेको छ । लालबकैया र बाग्मती नदीमा आएको बाढीले सदरमुकाम गौरसहित अधिकांश भाग डुवाएको छ । रौतहटमा आएको बाढीले गर्दा १ जना बेपत्ता भएका छन भने मृत्यु हुनेको संख्या २ पुगेको छ l

वेपत्ता हुनेमा दुर्गा भगवती गा.पा. ४ बस्ने वर्ष अन्दाजी ४० का विरेन्द्र मिश्र छन् भने मृत्यु हुनेमा गौर-३ टिकुलिया बस्ने शिव मंगल राउत पटेल र ईशनाथ न.पा. १ बन्जरहा बस्ने वर्ष ३५ का हरेन्द्र राय यादव रहेका छन् । यसै गरी रौतहटमा आईरहेको बाढीले गर्दा सर्पको बिग-बिगी देखिएको छ । जिल्ला प्रहरी कार्यलय रौतहटले जानकारी दिए अनुसार सर्पको टोकाईबाट १५ जना विरामी परेका छन ।

विरामीहरुको उपचारको लागी चन्द्रनिगाहपुर सरकारी अस्पतालमा ल्याईएको छ । थप विरामी आएको खण्डमा औषधीको अभाव हुुुने प्रमुख डाक्टर अभिनन्दन श्रीवास्तवले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here