‘म यस्तो गीत गाउँछु २’ बाट पूजा शर्मा र पल शाहको जोडी सिनेमाको पर्दामा पुनः आउने भएको छ ।

नायक पल शाह र नायिका पूजा शर्मा मंगलबार बिहान हेलिकप्टरबाट मनकामना मन्दिरमा सिनेमाको शुभ-मुहूर्त गर्दै सिनेमामा यो जोडी दोहोरिन लागेको सार्वजनिक भएको हो ।

२ वर्ष अगाडी आफ्नो जन्मदिनमा निर्देशक सुदर्शन थापाले यो सिनेमाको सिक्वल बनाउने घोषणा गरेका थिए । नायक पल शाहले भने–‘दर्शकहरुले यसअगाडि हामीलाई ‘म यस्तो गीत गाउँछु’मा निकै माया दिनुभयो । अब, झन् यसको दोब्बर माया दिनुहुनेछ भन्ने लागेको छ ।’ नायिका पूजा शर्माले दर्शकले आफू र पललाई नै यो चलचित्रमा खोजेको बताइन् ।

दर्शकको माग अनुसार नै आफूहरु फेरि एकसाथ पर्दामा आएको उनले बताइन् । आफ्नो निर्देशनमा तयार भएको ‘सम्हालिन्छ कहिले मन’को रिलिजको तयारीमा रहेका थापाले दुई साता अगाडि सिनेमाको सिक्वलको घोषणा गरेका थिए। फागूणको २३ गतेबाट यो चलचित्र रिलिजमा आउनेछ । चलचित्रका अन्य कलाकार फाइनल गरिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here