पर्सा २६ असार । पर्सामा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुर बस्ने दिपेन्द्र साह तुराहाका ६ वर्षिय छोरा रोसन साहको नहरमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

घर नजिकै रहेको नहरमा शौचालय गर्न जाने क्रममा बालक नहरमा डुबेका थिए । उनलाई उद्धार गरेर उपचारका लागि बीरगंज लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here