रौतहट २६ असार । रौतहटको चन्द्रपुर नगरपालिकाले एक वडा बाट अर्को वडामा जादा पटके कर लिने भएको छ ।

नगरपालिकाले आर्थिक बर्ष २०७६/७७ का लागी लगाएको विभिन्न शिर्षकका ठेक्कामा नगरबासिले कर तिर्नुपर्ने भएको छ । यस्तै कर मध्ये चन्द्रपुर ४ बाट चन्द्रपुर ३ वडाको गैडाटार जादा पटके कर तिर्नुपर्ने भएको छ ।

चन्द्रपुर-गैंडाटार सडकमा यात्रा गर्दा ई—रिक्सा, ठेलागाडा, टेम्पोले प्रत्येक पटक १० रुपैंया, जिप, कार, ट्राक्टरलाई २० रुपैंया र बस, ट्रक, टिफरलाई ५० रुपैंया कर लगाउने निर्णय गरेको छ ।

नगरपालिकाले पुर्वाधार उपभोग कर बापत भन्दै ठेक्का लगाएको हो । नगपालिकाले निमार्ण गरेको सडक भएकाले मर्मत सम्भार गर्नका लागी ठेक्का लगाएको वडा नम्वर ३ का अध्यक्ष बोधनाथ देवकोटाले बताउनु भएको छ । दैनिक ५ सय देखी ७ सय रुपैंया भाडा तिरेर मजदुरी गर्ने इरिक्सा, टेम्पो चालकहरुलाइ यस्तो करले पिडित बनाउने चन्द्रपुर ४ का इरिक्सा चालक केदार तिमलसिनाको भनाइ छ ।

दिनमा १० पटक ओहोरदोहोर गर्दा एकसय करमै जाने भएकाले यो गरिवलाइ पिडा माथी पिडा थप्ने काम भएको तिमल्सेनाको गुनासो रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here