नारायणगढ २६ असार । विषादी हालिएको आँप बोकेर आएको आरोपमा चितवनमा केही युवाहरुले भारतीय ट्रक तोडफोड गरेका छन् ।

बजारका प्रबन्ध निर्देशक थिरप्रसाद धितालका अनुसार बिहान सवेरै सवा तीन बजे तिर ट्रक तोडफोड भएको हो । ट्रकको अगाडिको शिसा फुटेको छ ।

ट्रकमा चार टन भारतीय आँप थियो । स्कुटरमा चढेर आएका युवाले तोडफोड गरेको प्रत्यक्षदर्शी व्यवसायीहरूले बताएका छन् । उनीहरूले पानीको बोतलमा पेट्रोल ल्याएका थिए । पेट्रोल छर्केर आगो लगाउन सलाइ कोर्दा सलाइ नबलेपछि उनीहरू भागेको व्यवासायीहरूले बताएका छन् ।प्र बन्ध निर्देशक धितालका अनुसार यो समयमा भारतबाट आँप र अनार आउने गर्छ ।

नारायणगढको तरकारी बजारमा दिनमा १०, १२ वटा भारतीय ट्रक तरकारी र फलफूल ल्याएर आउने गर्दथे । विषादी परीक्षणको सन्दर्भ पछि फाट्ट फुट्ट मात्रै आउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here