चन्द्रपुर २५ असार । लुम्बिनी बिकास बैंकले बुधबार आफ्नो १२ औं बार्षिकोत्सब मनाएको छ ।

११ बर्षको बैंकिंङ यात्रा पार गरेर १२ औं बर्षमा प्रबेश गरेको लुम्बिनी बिकाश बैंक चन्द्रपुर शाखाले एक कार्यक्रमको आयोजना गरेर आफ्नो १२ औं बार्षिकोत्सब मनाएको हो ।

बिगत लामो समय देखि चन्द्रपुर आसपास का जनता लाई बैकिंङ सेवा प्रदान गर्दै आएका बैंकले हाल मुद्दती खाता मा १० प्रतिशत मासिक ब्याज तथा बचत खातामा ७ प्रतिशत ब्याज दिंदै आएको छ । बाल बालिका लाई बचत गर्ने बानीको बिकास गर्न बैंक ले बाल बालिका को खातामा रु ५०० जम्मा गरिदिने योजना समेत ल्याएको चन्द्रपुर शाखाका शाखा प्रबन्धक सुबोध कोईरालाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here