रौतहट २५ असार/
स्थानीय सरकार संचालन ऐनमा दिएको अधिकार प्रयोग गर्न नपाएको भन्दै रौतहटको कटहरिया नगरपालिकाको उपमेयर नुरजहा खातुनले गुनासो गर्नु भएको छ ।
रौतहट सदरमुकाम गौर स्थित नेपाल पत्रकार महासंघको सभाकक्षमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा दयामायाबाट उपमेयरमा निर्वाचित नभएको मेयर भन्दा धेरै मतबाट निर्वाचित भएको तर काम गर्न नपाएको बताउनु भयो ।
कटहरीयाका मेयर सियाराम कुश्वाहाको हेपहा प्रवृति देखाउदै आफूलाई दुव्र्यवहार गर्ने गरेको उपमेयर खातुनको गम्भीर आरोप छ ।
न्यायीक समिति, राजस्व परामर्श समित, योजना अनुगमन समिति लगायतका विभिन्न समितिको संयोजक उपमेयर भएपनि आफूलाई वाइपास गरेको गुनासो छ ।
आर्थिक बर्ष अन्त्य हुन लाग्दा अहिले सम्म कुन बजेट कहाँ गयो, योजनाहरुको अनुगमन नभएपनि धमाधम भुक्तानी भईरहेको, न्यायीक सेवा संचालन नभएपनि रकम निकासा भएको, मधेश प्रतिष्ठानको नाममा पटक पटक रकम निकासा भएको, ग्यास सिलिण्डर लगायतका सामानहरु आफना नजिकको मान्छेहरुलाई वितरण गरेर जनताहरुलाई विकास निर्माणबाट हुने सुविधाबाट बंचित गर्ने कार्य मेयरद्धारा भईरहेको समेत आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here