रौतहट २४ असार/
नेपाल बिद्यार्थी संघ रौतहटले मंगलवार इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा ज्ञापन पत्र बुझाएको छ ।
नेपाल बिद्यार्थी संघका केन्द्रय सदस्य नवराज देवकोटा र मो.फिरोज आलमको नेतृत्वमा नेविसंघ रौतहटले इलाका प्रशासन कार्यालय चन्द्रपुरका प्रमुख उपसचिव चेतराज बरालाइ ज्ञापन पत्र बुझाएका हुन ।
भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षणगर्न माग गर्दै ज्ञापन पत्र बुझाएको केन्द्रय सदस्य देवकोटाले जानकारी दिनुभएको छ ।
मानव स्वास्थ्यमा प्रत्यक्ष रुपमा असरपार्ने बिषाधी सेवन गर्न नेपाली जनतालाइ बाध्य पार्न लागेको ले नेपाल बिद्यार्थी संघ रौतहटले बरिोध गरेको हो ।
माग सम्वाधन नभए आन्दोलनमा जान बाध्यहुने केन्द्रीय सदस्य मो.फिराज आलमले बताउनु भयो ।
सो कार्यक्रममा रौतहट जिल्ला कार्यसमितिका सदस्य तथा नेबिसंघ रौतटहका नेता सुमन गौतम, श्यामहरी चौलागाई,जन ज्योति बहुमुखी चन्द्रनिगाहपुरका स्ववियु सभापति संगम श्रेष्ठ लगाएतको उपस्थिती थियो ।
बिधार्थीका नेताहरुले लौका,फर्सी काउली जस्ता तरकारी बोकेर ज्ञापनपत्र बुझाउन गएकाथिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here