रौतहट २४ असार/
चन्द्रपुर नगरपालिकाको स्वास्थ्य शाखाले डेंगु रोग नियन्त्रण गर्न लामखुट्टेको बासस्थान खोजी गरी लार्भा तथा प्युपा नष्ट गर्ने अभियान थालेको छ ।
नगरक्षेत्रमा डेंगु जोखिम पहिचान गरी डेंगु सार्ने एडिस एजेप्टाई नामको लामखुट्टेका लार्भा नष्ट गर्न थालिएको हो । चन्द्रपुर नगरपालिकाको १ देखि ६ नम्बर वडामा ३४ जना स्वयमसेविका खटाइएको छ ।
टोलटोलमा स्वास्थ्य स्वयमसेविका खटाइएको चन्द्रपुर नपाका स्वास्थ्य फाटका संयोजक अभय ठाकुरले जानकारी दिनुभयो ।
डेगु रोग सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जमेको स्थानको खोजी गरीने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here