रौतहट २० असार । रौतहटको चन्द्रपुर नगरपालिकाको बिभिन्न स्थानहरुमा निमार्ण गरीएको बाल उधान तथा पार्कहरु प्रयोग बिहिन अवस्थामा पुगेका छन ।

बाल उधानमा बनाइएका संरचनाहरु यतिवेला लथालिङ्ग अवस्थामा रहेको छ । चन्द्रपुर नगरपालिकाले आर्थिक बर्ष २०७१/०७२ र २०७२/०७३ मा पार्क बनाउन तथा बाल उधान बनाउनका लागी दुइ करोड भन्दा बढी रकम खर्चेको थियो ।
चन्द्रपुरको मुख्य चौकको पार्क प्रयोग बिहिन छ ।

यस्तै चन्द्रपुर १० पडहरीयामा दुइ आथिर्क बर्षमा २५ लाख भन्दा बढी खर्चेर बनाएको पोखरी को डिलमा निमार्ण गरीएको पार्कका संरचनाहरु भत्किन थालेका छन ।

वडा नम्वर ६ मोथीयाहीमा निमार्ण गरीएको पार्कको तारबार नै भत्किएको छ । बालवालिकालाइ खेल्न बनाइएको संरचनाहरु समेत भत्किएका छन । ब्रम्हस्थान, कुसुमगाछी, कोटीहोम, रैयाटोल, मरधर लगाएतका स्थानमा बनाइएको पार्कहरु संरक्षण हुन सकेको छैन ।

एउटा पार्क निमार्ण, पोखरी मर्मतका लागी नगरपालिकाले तीन लाख देखि १३ लाख सम्म एक आर्थिक बर्षमा खर्च गरेको थियो । लाखौ रकम खर्चेर बनाएको पार्क तथा पोखरीहरु संरक्षण हुन नसकेको र प्रयोग बिहिन बन्दै गएकाले सम्वन्धित निकायले ध्यान दिनु पर्ने स्थानियबासीन्दाको भनाइ रहेको छ ।

बातावरण मैत्री स्थानिय शासन कार्यक्रम अन्र्तगतको करोडौ रकम ले पोखरी संरक्षण, बाल उधान, पार्कहरु निमार्ण र मर्मत भएका थिए ।

बृक्षारोपण, तारबार, फुल बगैचा,पोखरी सफाइ तथा मर्मत र बाल उधान निमार्ण रहेको थियो ।
उपभोक्ता समिती बनाइ निमार्ण गरीएका त्यस्ता पार्कहरु लाइ व्यवस्थित गर्न चन्द्रपुरका जनप्रतिनिधीहरुले ध्यानदिन नसकेको स्थानियले गुनासो गर्न थालेका छन ।

चन्द्रपुर नगरपालिकाको १० वटै वटामा वाताबरण मैत्री स्थानिय शासन कार्यक्रम अन्र्तगत संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयले रकम बिनियोजन गरेको थियो ।

चन्द्रपुर नगरपालिकाले आउने आर्थिक बर्षका लागी नुनथर, ब्रम्हस्थान, शहिदपार्क , डावरी पार्क लगाएतको स्थानमा भने ठेक्का लगाउन सुचना प्रकासीत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here