रौतहट १९ असार /
युवाहरुले भ्रष्टाचार बिरुद्ध बिहिवार मोटरसाईकल र्याली निकालेका छन ।
बिभिन्न विकास निमार्णमा देखिएको भ्रष्टाचारलाई न्युनिकरण गर्ने उदेश्यले युवाहरुले सचेतना रयाली निकालेका हुन ।
भ्रष्टचारी खवरदार, लुट आतक बन्दगर जस्तानारा लगाउदै र्यालीमा युवाहरु सहभागी थिए ।
युुवाहरुको अगुवाईमा कटहरिया बजारबाट सुुरुभएको रयाली कटहरिया, गुजरा, फतुआ बिजयपुर, मौलापुर, देवाहीगोनाही नगरपालिकाको बिभिन्न टोलहरु घुमेर गरुडा नगरपालिकाको शिवनगर महादेव स्थान अगाडी सकिएको थियो ।
एकसय भन्दा बढी मोटरसाइकल लिएर युवाहरु टोल टोल पुगेर भष्टाचार रोक्ने अभियान चलाएका छन ।
र्यालीका प्रमुख अतिथी प्रदेश सांसद कुन्दन कुश्वाहाले स्थानिय निकाय र कतिपय प्रदेश सांसद संघिय सांसदले एउटै कामको तीनवटा बिलभौचर बनाएर भ्रष्टाचार गरेको ले त्यस्ता बिरुद्ध युवा शक्ति एकजुट हुनुपर्ने बताए ।
रौतहट क्षेत्र नम्वर ३ बाट सुरु भएको भ्रष्टाचार बिरुद्धको युवा अभियान जिल्लाहुदै प्रदेश भरी नै संचालन गरीने बताइएको छ ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का सदस्य त्रिभुवन साह,वहिद अन्सारी,कटहरिया नगरप्रमुख सियाराम कुश्वाहा,युवासंघका क्षेत्रिय संयोजक राकेश गिरी,योगेन्द्र साह लगायतले भ्रस्टाचार नरोकिए सम्म देशको विकास असम्भव रहेको बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here