रौतहट १९ असार । रौतहटको चन्द्रपुर नगरपालिकाका एक व्यापारीले खुवा विक्रीबाट राम्रो आम्दानी गर्दै आउनु भएको छ ।

खुवा व्यवसाय सुरु गर्नु भएकोे वडा नम्बर ४ कप्तान टोलका इशनाथ तिमल्सिना खुवा विक्रीबाटै राम्रो आम्दानी लिन सफल हुनुभएको छ ।

खुवा व्यवसायी तिमल्सिनाले स्थानीय दुग्ध सहकारी संस्थामा संलग्न पशुपालक किसानसंग दैनिक चार सय लिटर दूध खरिद गरी खुवा बनाउनु हुन्छ ।

खुवा घोट्न दुई जना कामदार नियुक्त गरिएको छ । परिवारका सदस्यसहित मिलेर सञ्चालन गरेको उक्त व्यवसायमा दैनिक एक क्विन्टल खुवा उत्पादन हुने सञ्चालक तिमल्सिना बताउनु हुन्छ ।

गाउँ घरमा प्रति किलो पाँच सय रुपियाँमा खुवा विक्री गरिन्छ । तर सञ्चालक तिमल्सिनाको मूख्य बजार भनेको काठमाडौं र बनेपा हो । किलो चार सय ५० रुपियाँमा खरिद गर्ने व्यवसायी तिमल्सिना बताउनु हुन्छ । एक सातामा तीन लाख १५ हजार रुपियाँको खुवा उपत्यकामा आपूर्ति हुन्छ ।

खुवा व्यवसायबाट घर खेत जोड्नु भएको उहाँको परिवारको जीवनस्तर निकै उच्च रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here