रौतहट १८ असार । चन्द्रपुर नगरपालिकामा मेयर र उपमेयर बिच केही महिना अघि देखी गाडी को बिषयमा विवाद छ । मेयरले यस आर्थिक बर्षमा करीव ८० लाख बराबरको गाडी खरिद गरेर चढेपछि उपमेयरले पनि आफुलाइ सुबिधायुक्त गाडी चाहिने भन्दै माग गर्नु भएको थियो ।

चन्द्रपुर नपाका मेयर रामचन्द्र चौधरीले यस आर्थिकबर्षमा करीव ८० लाख मुल्य पर्ने जीप चढ्दै आउनु भएको छ भने उपमेयरले पनि गाडीको लागी माग गरेपछि आउने आर्थिक बर्षमा गाडी किन्नका लागी ४० लाख रुपैया भन्दा बढी रकम नगरसभामा प्रस्ताव गरीएको कार्यपालिका एक सदस्यले बताएका छन ।

उपमयेर राजश्व परामर्श समतिी, न्यायिक समिती , अनुगमन समितीको संयोजक हुने भएकाले नगरपलिकामा गाडी अभाव रहेको भन्दै ४० लाख प्रस्ताव गरीएको हो ।

चन्द्रपुरका केही स्थानियले नगरपालिकाले खरिद गरेको गाडी सरकारी प्लेटको हुनुपर्नेमा प्राइभेट नम्वर राखिएको प्रति सम्वन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने माग राखेका छन ।

चन्द्रपुर नपाका प्रमुख प्रशासकिय अधिकृत बलराम ढकालले रातो प्लेटको जीपलाइ सरकारी नम्वर राख्नका लागी प्रकृया अगाडी बढाएको जानकारी दिनुभएको छ ।

मेयरले नया गाडी चढेपछि उपमेयर रामरती चौधरीले एउटा स्कारपियो मासिक एकलाख भन्दा बढीमा भाडामा चढ्दै आउनु भएको थियो । केही महिना चढेपछि उक्त स्कारपियो फिर्ता गरीएको छ । स्कारपियो चढ्नु अघि उपमेयर चौधरीले टाटासुमो भाडामा लिएर चढ्नु भएको थियो ।

चन्द्रपुरमा मेयर र उपमेयरको नामबाट बिकास योजना संचालन गर्न छुट्याइएको लाखौ रुपैयाको बजेट नियमितता भएको आरोप लाग्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here