अर्जेन्टिनालाई पराजित गर्दै आयोजक ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा मेसीको कप्तानीमा रहेको अर्जेन्टिनलाई २–० ले पराजित गरी ब्राजिल फाइनलम पुगेको हो ।

१९औं मिनेटमा ग्याब्रीयल जेससले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ७१औं मिनेटमा फिर्मिन्होले गोल गरे । उनको गोलसँगै ब्राजिलले २–० गोलको अग्रता बनाएको थियो ।

अर्जेन्टिनाले खेलको अन्तिमसम्म गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन । अर्जेन्टिनाले गोल गर्ने राम्रो अवसर खेर फल्दा हार्न पुग्यो ।

ब्राजिलले फाइनलमा साविक विजेता चिली र पेरुबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल आइतबार हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here