अडिसनमार्फत मुख्य नायिकाको आवेदन खुल्ला गरेको ‘प्रेमगीत–३’ युनिटले अन्ततः कृष्टिना गुरुङलाई छानेको छ ।

अडिसनका लागि अमेरिकाबाट नेपाल आएकी क्रिष्टिनाले २७ सय १४ प्रतियोगिलाई पछि पर्दै हिरोइनको रुपमा आफु छानिन सफल भएकी हुन् । आशुसेन फिल्म्सले बनाउन लागेको यो फिल्ममा क्रिस्टनाले अब ‘गीत’ नामक चरित्रको भूमिका निर्वाह गर्नेछिन् ।

निर्माण टिमले कलाकारहरुमा शिव श्रेष्ठ, सुनील थापा, मनिष राउत, अनुभव रेग्मीलगायतलाई यसअघि नै फाइनल गरिसकेको थियो । फिल्मको मुख्य अभिनेता र अन्य दुई बालकलाकारसहित निर्माण टिमले फिल्मको घोषणा तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here