चन्द्रपुर १६ असार । बागमती सिचाइ आयोजनाले चन्द्रपुर ५ र ६ मा मुल नहरको बाटोमा हालेको गिटी मापदण्ड अनुसारको नभएको स्थानियले गुनासो गरेका छन ।

मैढा जाने मुल नहरको बाटोमा पनि ग्रेभल हालेजस्तो मात्रै गरीएको छ । ग्रेभलको नाममा कतै माटो जस्तो बालुवा हालिएको छ भने कतै ठुला ठुला ढुगाहरु बाटोमा हालिएको छ ।

ठुला ढुगा नहरको बाटोमा हालिएका कारण मानिस लाइ आवतजावतमा नै समस्या हुदै आएको छ । चन्द्रपुरको मोतीपुर, पुर्वटोल तथा मोथीयाहीका बासीन्दा प्रत्यक्षरुपमा पिडित बन्दै आएका छन ।

नहरको बाटोमा ग्रेभल हालिएको बिषयमा बागमती सिचाइ आयोजनाले अनुगमन गर्न र बाटोमा मानिस आवत जावत गर्न मिल्ने बनाउन स्थानियले आग्रह गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here