गौर १६ असार । सिमावर्ती क्षेत्रमा हुने अवाञ्छित गतिविधि माथि निगरानी राख्न सशस्त्र प्रहरीले गौर भन्सार क्षेत्रमा चार वटा सिसि क्यामरा जडान गरेको छ ।

राजस्व चुहावट, अपराधिक गतिविधिलई नियन्त्रण गर्ने उद्देश्यबाट सशस्त्र प्रहरी नेपाल ११ नम्वर गणका गणपति कृष्ण ढकालको विशेष प्रयासबाट गौर भन्सार क्षेत्रमा चार वटा सिसि क्यामरा जडान गरिएको हो ।

सिसि टिभी क्यामराले खिचेको दृश्यहरुकोको मोनेटरिंग सशस्त्र प्रहरीको हेडक्वाटर, ११ नम्वर गणबाट गरिने सिमा पोष्ट गौरका प्रहरी निरिक्षक दिपकराज भट्टले जनाएका छन ।

गौर भन्सार क्षेत्रमा नेपाल र भारत तर्फ फर्काए २/२ वटा क्यामरा जडान गरिएको छ ।
प्रदेश नम्वर २ को पर्साको विरगंज भन्सार, रौतहटको गौर भन्सार, महोत्तरीको भिठामोड भन्सार र सिरहा भन्सार कार्यालय अगाडी सशस्त्र प्रहरीले सिसि टिभी क्यामरा जडान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here