चन्द्रपुर १४ असार । चन्द्रपुर नगरपालिकाले संचालन गरेको सामाजीक बिकास अन्र्तगतको लाखौको बजेट बालुवामा पानी हालै जस्तै भएको गुनासो आउन थालेको छ । बिभिन्न सस्थाहरु मार्फत गरेको काम प्रभावकारी नभएको सरोकारवालाहरु समक्ष नपुनेको स्थानियले गुनासो गरेका छन ।

अधिकास सस्थाहरुले चन्द्रपुर नगरपालिकाको सामाजीक फाट का अधिकृत लाइ आर्थिक प्रलोभनमा पारेर बिलपास गराएको आरोप समेत छ ।

प्रदेश सरकारले बिनियोजन गरेको ३६ लाखमा पछिल्लो महिना बिभिन्न कार्यक्रमहरु गरेको देखाइएको थियो । सामाजीक बिकासको बिभिन्न शिर्षकको कार्यक्रममा अनियमितता भएको भन्दै अख्तियार तथा सम्वन्धित निकायमा उजुरी गर्ने तयारी भैरहेको जानकारी दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here