रौतहट १४ असार । रौतहटको चन्द्रनिगाहपुरमा एक घर एक टिभिएस बिमा तथा तालिम कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार चन्द्रपुर–४ स्थित हिमालयन होटलमा टिभिएस मोटर कम्पनिको आधिकारीक बिक्रेता जगदम्बा मोटर्स प्र.लि अन्तर्गत चन्द्रनिगाहपुर स्थित गणपती अटो एण्ड सेन्टर र अनन्या ट्रेडिङको संयुक्त आयोजनामा उक्त कार्यक्रममा भएको हो ।सो कार्यक्रममा जिल्ला भरिकै वर्कशपलाई सहभागि गराई टिभिएस बिमा तथा तालिम दिएको अनन्या ट्रेडिङ्का कार्यकारी अधिकृत नारायण तिमल्सिनाले जानकारी दिनुभयो ।


कार्यक्रमको प्रमुख अतिथि शिवचरण चौधरी,विशिष्ट अतिथि शम्भु श्राफ, अतिथिहरु रामहरी त्रिपाठी,अरुणकुमार गुप्तालगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बिमाको बारेमा प्रशिक्षक रामशरण रोक्का र रामकिशोर शर्माले प्रकाश पारेका थिए । गणपति अटो एण्ड सेन्टरका संचालक रामहरी पंडितको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकोे थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here