रौतहट ९असार /
समद्धि सँगै जोडौ नाता, सबै नेपालीको बैंक खाता” भन्ने मुल नाराका साथ राष्ट्रिय अभियान अन्र्तगत यस एन.सि.सि. बैंक यमुनामाई शाखाले सोमवार देखी अभियान संचालन गरेको छ ।
यमुनामाइ गाउपालिका ५ मिठुअवा ,रौतहटमा सो अभियान सञ्चालन गरीएको हो ।
अभियान अन्र्तगत पहिलो दिन ७० जना भन्दा बढीले खाता खोल्नु भएको छ ।
बैंक खाता नखोलेका नागरिकहरुलाई निशुल्क खाता खोलिने र एकसय रुपया बैककै तर्फ बाट खातामा रकम जम्मा गरीने छ ।
साथै यस शाखाबाट सम्पुर्ण बैंकिङ्ग कारोबारएटीएम,मोवाइल बैकिग,डेबिट कार्ड, क्रेडीट कार्ड,डी म्याट काउन्ट, इन्टरनेट बैकीग जस्ता सेवा प्रदान गरीने बैकका यमनामाइ शाखाका प्रबन्धक उज्वल रिजालले जानकारी दिनुभएको छ ।
असार महिना भित्र एनसिसी उत्सब बचत खाता खोल्दा गा्रहक हरुलाई एनसीसी क्रेडीट कार्डमा एकबर्ष सेवा शुल्क छुट दिईने बैकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here