रौतहट ८ असार /
रौतहटको गढीमाई नगरपालिकाको समनपुरमा एक युवतीमा अनौठो रोग देखिएको छ ।
गढीमाई २ समनपुरका सुरेन्द्र महतोकी १८ वर्षीया छोरी रेणुकाकुमारी महतो त्यस्तो रोग बाट पिडित छिन ।
दुई हप्ता अघि घरमा काम गरिरहेको अवस्थामा एक्कासि जीउभरि आगो ले पोलेको जस्तो घाउ भएको र अनुहार र दाहिने हात एकैछिनमा डढेको जस्तो भएको थियो ।
युवती चिच्याएर रोएपछि आमा र छिमेकीकहरु दौडिएर हेर्न जादा छटपटिँदै गरेकी युवतीको हात र अनुहारको छाला एकैछिनमा आगोले पोलेकोजस्तो देखिएको स्थानीय समाजसेवी दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ ।
महतोको अनुहार र दाहिने हातको पूरै भाग डढेकोजस्तो देखिन्छ । उनको उपचार गाउँमै भइरहेको छ । डढेको जस्तो देखिने हातबाट रगत बग्न थालेको र अवस्था गम्भीर बनेको श्रेष्ठको भनाइ छ ।
आर्थिक अवस्था कमजोर र सुरुमा झाँक्रीबाट झारफुक गराएको तर समस्या बढ्दै गएपछि गाउँमै सामान्य उपचार भैरहेको युवतीका बाबु सुरेन्द्र महतोले बताउनु भयो ।
प्राथमिक स्वास्थ्य केन्द्र समनपुरका चिकित्सक विरेन्द्र झाले
आगोले पोलेको जस्तो घाउ भएको अवस्थामा उपचार गरीएको र कुन रोग हो भन्ने पत्ता नलागेको बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here