रौतहट ३२ जेठ /
रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापनागर्नका लागी जमिनको अवलोकन तथा अन्र्तकृया गरीएको छ ।
उक्त अवलोकन गरीएको जमिनमा बिशेष आर्थिक क्षेत्र निमार्ण गरेर बिभिन्न उधोग, कलकारखानाहरु स्थापना हुने छन ।
प्राबिधीकाको टोली, संसदको बिकास तथा प्रबिधी सभापती तथा स्थानियतहका जनप्रतिनिधीहरु , राजनैतिक दलका नेताको टोलीले चन्द्रपुर नपा ६, ७ र ८ वडामा पर्ने बनक्षेत्रको खाली जमिन अवलोकन गरेका छन ।
संसदको बिकास तथा प्रबिधि सभापती कल्याणी खड्काले ले सरकार आर्थिक क्षेत्रको बिकासमा अगाडी बढेको र बजेट समेत बिनियोजन गरीसेकको हुदा सेज निमार्णका लागी सवै पक्ष जुट्नु पर्ने बताउनु भयो ।
नेकपाका केन्द्रिय सदस्य युवराज भट्टराईले रौतहटकै गौरवको आयोजना भएकाले सवैले साथ दिदै सहयोग गर्नुपर्ने धारण राखेका छन ।
चन्द्रपुर नगरका मेयर रामचन्द्र चौधरीले सेज स्थापनाका लागी नगरपालिकाले सवै किसिमको पहल गरीरहेको र अवलोकन गरीएको जमिन सवै अवस्थाले उपयुक्त रहेकाले नगरपालिकाले के के गर्नु पर्छ तयार रहेको बताउनु भएको छ ।
पुर्व सांसद रामकुमार भट्टराइले सेज स्थापनाका लागी अवलोकन गरीएको क्षेत्रमा रुखहरु नरहेको र वातावरणिय प्रभाव मुल्याकन गरी उधोग स्थापना गर्न उपयुक्त ठाउ रहेको बताउनु भएको छ ।
चन्द्रपुर उधोग वाणिज्य महासघका महासचिव सुनिल साहले उपयुक्त स्थान छनौट भएको र जमिनको छनौट सगै उदेश्यले सार्थकता पाउनु पर्ने धारणा राख्नु भएको छ ।
प्राबिधिकको टोलीले चन्द्रपुरमा सेज स्थापनाको सम्भावना र सेज निमार्णको प्रकृया,खर्च, जमिनको अवस्था , पुर्वाधार, जनशक्ति लगाएतको बिषयमा अध्ययन गरीने बताएका छन ।
उपयुक्त जमिन, अन्र्तराष्टिय सिमाना बाट नजिक, प्रमुख मार्गको पहुच, बिजुली बत्ती, कच्चा पदार्थ, पानी , जनशक्तिको उपलव्धता हुने क्षेत्र रहेकाले अवलोकन गरीएको बेतौनाको स्थान उपयुक्त हुने भन्दै प्रकृया अगाडी बढाउन सवैपक्ष सहमत भएका छन ।
संरचनाको निमार्ण गर्ने, आर्थिक क्षेत्रको संचालन र व्यवस्थापन गर्ने,उधोगको अनुगमन गर्ने,उधोगहरु लाइ एकद्धार प्रणालि बाट सेवा उपलव्ध गराउने उदेश्यले २०७३ सालमा सरकारले बिशेष आर्थिक क्षेत्र प्राधिकरण स्थापना गरको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here