बार्सिलोना तथा अर्जेन्टिनाका फवार्ड लिओनल मेस्सी सर्वाधिक कमाउने खेलाडी बनेका छन् ।

अमेरिकाको चर्चित बिजनेस म्यागाजिन फोब्र्सले सार्वजनिक गरेको विश्वमा सर्वाधिक कमाई गर्ने खेलाडीको पहिलो सुचीमा मेस्सी परेका हुन् ।

१२७ मिलियन डलर कमाइसहित मेस्सी पहिलो नम्बरमा छन् । दोस्रो स्थानमा पोर्चुगल एवं युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डो रहेका छन् । रोनाल्डोको कमाई बार्षिक एक सय ९ मिलियन अमेरिकी डलर छ । तेस्रो स्थानमा रहेका ब्राजील एवं पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार नेइमारको कमाई पनि एक सय ९ मिलियन डलर रहेको छ ।

गत वर्ष सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका बक्सर फ्लोइड मेवेदरले योपटक सूचीमा नै परेनन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here