पोखरा २९ जेठ । पोखराको उत्तमचोकमा गोली चलेको छ । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।

बुधबार बिहान साढे ११ बजेतिर ती कारोबारीको खुट्टामा गोली लागेर घाइते थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरी पनि घाइते भएका छन् । उनको पार्कल्यान्ड अस्पताल अमरसिंह चोकमा उपचार भइरहेको छ ।

रेस्टुरेन्टमा लागूऔषध कारोबारी बसिरहेको थाहा पाएर प्रहरी पुगेको थियो । प्रहरी आएको देखेर ती कारोबारी चिपर्ट दाउराले प्रहरीमाथि प्रहार गरी भागेपछि प्रहरीले गोली चलाउँदा खुट्टामा गोली लागेको छ । लागूऔषध कारोबारी र घाइते प्रहरीको नाम खुलिसकेको छैन। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here