रौतहट २८ जेठ /स्थानीयतहमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले निकालेको विज्ञापन रद्दगर्न राज्यव्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनको नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले स्वागत गरेका छन ।
समितिका सभापति एवम सदस्यहरुलाई धन्यवाद दिएको अध्यक्ष साहले उक्त निर्देशन स्वागतयोग्य रहेको बताएका छन ।
लोकसेवा आयोगको विज्ञापन प्रकाशन पश्चात देश ठुलो संकटतर्फ उन्मुख भएको र समितिको यो निर्णयले उक्त संकट टारेको अध्यक्ष साहको भनाइ छ ।
मुलुकलाइ अस्थिरतातर्फ धकेल्न खोजिएकोले उक्त षडयन्त्र विफल भएको समेत जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here