रौतहट २८ जेठ /
रौतहटको चन्द्रपुर नगरपालीका १ मंगलपुर स्थित पूर्वपश्चिम राजमार्गमा सोमवार राति भारतीय तिर्थ यात्री बोकेको बसलाई ट्रकले ठक्कर दिंदा दुईजनाको मृत्यु भएको छ ।
उक्त दुर्घट्नामा २१ यात्रु घाईते भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
काठमाण्डौंबाट जनकपुर तर्फ आउदै गरेको ना ६ ख ९०३० नम्बरको बस मंगलपुर नजिक रोकेर राखेको अवस्थामा सोही दिशाबाट आएको को १ ख २६२५ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिदा दुर्घटना भएको हो ।
दुर्घटनामा शौच गर्न बसबाट झरेका भारतको उडिसाका बर्ष ५४ को चरण बिश्वाल र बर्ष ५३ को बिजयकुमार जेनाको घट्नास्थलमै मृत्यु भएको ईलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको हो ।


जंगल क्षेत्रमा बस रोकेर यात्रुहरु शौच गर्न सडक किनारमा बस बाट झरेका थिए ।
सोही क्रममा ट्रकले पछाडीबाट ठक्कर दिदा बस सडक बाट तल झरेको र यात्रुहरु लाइ चेपेको थियो ।
तीनजना घाइतेको बिरगजमा उपचार भैरहेको र अन्य घाइतेको चन्द्रपुर अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कवित कटवालले जानकारी दिनु भएको छ ।
यस्तै रौतहटको गरुडा नगरपालिका ८ जिंगडियामा मोटरसाईकल दुर्घटना हुंदा एक महिलाको मृत्यु भएको छ ।
बिर्ता प्रहरी स्कुल अगाडी आमा छोरा सवार मोटरसाईकल दुर्घटनामा आमाको मृत्यु भएको हो ।
बिर्ताबाट गरुडा जाँदै गरेको बिआर २२ एन ३२९८ नम्बरको भारतीय मोटरसाईकलको पछाडी बसेकी राजपुर नगरपालिका वडा नम्बर ९ की ७० बर्षीय शेख भुउली साहको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
मोटरसाईकल चालक मृतक महिलाको छोरा २४ बर्षिय शेख मुसरफ प्रहरीको नियन्त्रणमा रहेको ईलका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here