रौतहट २८ जेठ/
नेपालको लागि टिभीएस टु ह्वील्र्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालीले टिभिएसएस ट्रयाकर मेला मा आउनुहोस सुपर स्टार निखिल उप्रेती संग भेट्ने मौका पाउनुहोस भन्ने योजना ल्याएको छ ।
नेपालीहरुको मन जित्न सफल टिभीएस कम्पनीका मोटरसाईकलहरु तथा स्कूटरहरु विभिन्न आकर्षक मोडलहरु तथा पावर इन्जिनहरुमा उपलब्ध हुने गरी मोटरसाईकल तथा स्कूटरहरु टिभिएसले आफ्नो नेपाल भरिको ९० भन्दा बढी ठाउँबाट सर्भिस सहित बिक्री वितरण गर्दै आइरहेको छ ।

बिभिन्न सीसीका उत्पादनहरुमा ५ वर्षको वारेन्टीको रहेको कम्पनीका बाइक तथा स्कुटर मध्ये बाइक मा १०० सिसि मा एक्एल १००, स्कुटरमाड्याज, जेस्ट, विगो कम्बो,जुपिटर क्लासिक ११० सीसी अन्तर्गत रहेका छन ।
साथै १२५ सीसी अन्तर्गत, एण्टोर्क र स्ट्राइकर, १५० सीसी अन्तर्गत अपाचि आरटीआर १५० , १६० सीसी अन्तर्गतअपाचि आरटीआर १६०, १८० सीसी अन्तर्गत अपाचि आरटीआर १८०, २०० सीसी अन्तर्गत अपाचि आरटीआर २०० र ३१० सीसी अन्तर्गत अपाचि आरआर ३१० रहेका छन ।
आफ्नो आधिकारिक बिक्रेताको रुपमा रहेको बिरगञ्ज को म्याक्स अटो , जितपुर को सगरमाथा ट्रेडर्स , कलैया को करण इन्टर प्राइजेज, निजगढ को माअजिमा ट्रेडर्स , चंन्द्रपुर को गणपति अटो एण्ड सेन्टर बाट टि भी एस स्ट्राकर १२५ सिसिको ग्राहकलाइ लक्षित गरि स्ट्रायकर १२५ सिसि मेला शोरुम नजिकै को स्थानहरुमा मा जेठ ३१ गते बाट असार ३ गते सम्म संचालन गर्ने भएको छ ।
टि भी एस स्ट्रायकर १२५ सिसिको खरिद क्यास ,फाइनान्स र एक्सचेन्ज को माध्यमबाट गर्न सकिनेछ । मेला अवधिभर टिभिएस स्ट्रायकर १२५ सिसि खरिद गर्ने ग्राहक लाइ कम्पनिले आर्थिक बर्ष सम्म २०७५७६को कर फ्री साथै रेनकोट उपहार प्रदान गर्ने छ ।
मेला मा टिभिएस स्ट्रायकर १२५ सिसि खरिद गर्ने ग्राहकहरुले असार ३ गते बिरगंज जितपुर र कलैयामा र असार ४ गते निजगढ र चन्द्रपुरमा ग्राहक हरुलाइ नायक निखिल उप्रेती संग भेटघाट तथा खुशि साट्ने अवसर प्रदान गरीने छ ।
मेला अवधिमा ४ सय वटा टिभिएस स्ट्रायकर १२५ सिसि बिक्री गर्ने लक्ष्य रहेको साथै टिभिएस स्ट्रायकर १२५ सिसि मेलामा ५० हजार मानिसले अवलोकन गर्ने कम्पनी  का मार्केटीङ्ग मेनेजर नवराज  कोइरालाले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here