काठमाडौं २६ जेठ । विश्वकप क्रिकेटमा आज विश्वविजेता अष्ट्रेलिया र भारतबीच प्रतिस्पर्धा हुँदैछ । दी ओभल स्टेडियममा दिउँसो ३ः१५ बजे सुरु हुने यस खेल निकै रोचक हुनेछ ।

किनभने दुवै टिम विश्वकपको उपाधि दाबेदार हुन् । अष्ट्रेलिया लगातार तेस्रो खेलमा जित हात पार्ने लक्ष्यमा हुनेछ । यता, भारत भने दोस्रो जित हात पार्ने दाउँमा छ ।

विश्वकपमा अस्ट्रेलियाले दुई खेल खेलिसकेको छ । अस्ट्रेलियाले पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटले हराएको थियो । दोस्रो खेलमा भने अस्ट्रेलियाले वेस्ट इन्डिजलाई १५ रनले पराजित गरेको थियो ।

यता, भारतले भने आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो । भारत र अस्ट्रेलियाबीच यसअघि भएको भिडन्तमा अस्ट्रेलिया बलियो देखिएको छ । यसअघिका विश्वकपमा दुई टोली ११ पटक भिडेका छन् । त्यसमा अस्ट्रेलियाले आठ र भारतले तीन खेल जितेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here