रौतहट २६ जेठ /
नेपाल कम्न्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष तथा सांसद प्रभुु साहले मुस्लिम समुदायहरुको मदरसामा पनि सरकारको लगानी हुनुपर्नेमा धारण राख्नु भएको छ ।
मुस्लिमहरुको पर्व इद को अवसरमा गृहजिल्ला रौतहटको फतुुवा बिजयपुर नगरपालिकामा आईतवार शुुभकामना आदानप्रदान कार्यक्रम लाई संम्बोधन गर्दै उनले उक्त बिचार राखेका हुन ।

कम्युनिष्ट पार्टीकै सरकारको पालामा मुस्लिम आयोगको निर्माण भएको बताउदै सांसद प्रभुु साहले मुस्लिम समुदायको विकासको निमित बर्तमान सरकारले थप कार्यक्रम ल्याउनुु पर्ने माग गरेका छन ।
पुुर्वमन्त्री सत्यनारायण भगत, प्रदेश सांसद कुन्दन कुश्वाह,पुुर्वसांसद अबुलकलाम आजाद, नेकपा प्रदेश २ का सदस्य मनोज यादव, त्रिभुवन साह, ओहिद अन्सारी,नेकपाका जिल्ला अध्यक्ष कमल राय यादव, कटहरिया नगरप्रमुख सियाराम कुश्वाह,मौलापुर नगरप्रमुख रिना कुमारी साह, फतुआ बिजयपुरका नगर उपप्रमुख कान्ती देवी महतो ,देवाही गोनाही नगर उपप्रमुख परनिया देवी लगायतले ईद पर्वको अवसरमा आयोजित यस्ता कार्यक्रममा शुभ कामना दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here