रौतहट २६ जेठ /
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रय समितिले चलाएको राष्ट्रिय जन जागरण अभियानको बारेमा पत्रकार सम्मेलन गरिएको छ ।
शनिबार रौतहटको चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलन गरिएको थियो ।
सो पत्रकार सम्मेलन प्रेस युनियन रौतहट जिल्ला कार्यसमितिले आयोजना गरेको थियो ।
सो पत्रकार सम्मेलनमा नेपालि काग्रेसका पुर्व मन्त्रि तथा पार्टिका केन्द्रय सदस्य अजय चौरसियाले पत्रकार सम्मेलन गर्नुको मुख्य उदेश्य देशभर चलाईएको राष्ट्रिय जागरण अभियान कार्यक्रमका क्रममा जिल्लामा खटाईएका केन्द्रय प्रतिनिधिले स्थानिय नेता तथा जनताका गुनासो र सुझावहरु केन्द्रसम्म लाने तथा पार्टीमा उर्जा आउने र जनता माझ पार्टी उभ्याउन सहयोग हुने विश्वास गरिएकोले राष्ट्रिय जन जागरण अभियान थालेको बताए ।
नेता चौरसियाले अहिलेको सरकार दुई तिहाईको दम्भमा राष्ट्रियता,लोकतन्त्र र समाजवाद लाई खतरामा पार्दै अधि बढेको बताएका छन् । देशमा घट्नु पर्ने हत्या,हिसां,बलात्कार र भ्रष्टाचार बढ्दै जान थालेको एबं बढ्नुपर्ने रोजगारी, बिकास लगाएका कुराहरु घट्दै जान थालेको बताएका छन् । माओवादीको जनयुद्ध बाट आक्रान्त भएको नेपाललाई काग्रेका सरकारले बार्ता गरेर देशमा अमनचैन ल्याएको पुर्व मन्त्रि चौरसियाले बताए । उनले हाल नेपालि काग्रेसको सरकार नभए पनि लोकतन्त्र लाई बलियो बनाउने कुरा,जनताहरुलाई अधिकार दिलाउने तथा अधिकारको लागि लड्ने श्रमता नेपालि काग्रेस संग रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here