काठमाडौं । उदियमान गायक सुरेन गौतमले ‘पिरती लरी लै’ बोलको गीत सार्वजनिक गरेका छन् । यो गीत विष्णु हरि तिमिल्सिनाको शब्द तथा सुरेन गौतम र विक्रम थापाले संयुक्तरुपमा कम्पोज गरेका हुन् ।

गीतमा संगितकार दिनेश श्रेष्ठले कर्णप्रिय संगीत भरेका छन् । संजय गौतमले निर्देशन गरेको यस म्युजिक भिडियोलाई उत्सव दाहालले छायाकंन गरेका हुन् ।

टेकेन्द्र शाहले सम्पादन गरेका म्युजिक भिडियोमा बुगी–उगी विजेता कविता नेपाली र अर्जुन गौतमको अभिनय रहेको छ । गायक गौतमले यसअघि प्रनभ नामक सांगीतिक एल्बम बजारमा ल्याएका थिए ।

हाल सार्वजनिक गरिएको गीत उनको दोश्रो एल्बम ‘शुभ जीवन’मा समावेश छ ।

https://youtu.be/yRdzmLwOhDo

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here