रौतहट १८ जेठ/
आन्तरीक राजश्व कार्यालय सिमराको आयोजनामा रौतहटको चन्द्रपुरमा शनिवार करदाता शिक्षा कार्यक्रम आयोजना गरीएको छ ।
चन्द्रपुर उधोग वाणिज्य संघको समन्वयमा भएको उक्त कार्यक्रममा आन्तरीक राजश्व कार्यालय सिमराका कर अधिकृत यादव खड्काले सहजीकरण गर्नु भएको छ ।
कार्यक्रममा अधिकृत खड्काले बिबरण बुझाउने कर बुझाउने लगाएतका काम गरेमा व्यापारीले जिम्म्ेवारी पुरा गरेको कार्यालयले बुझ्ने बताउनु भयो ।
करदाता शिक्षा कार्यक्रममा कर सम्वन्धी जिज्ञासाहरु व्यापारीहरुले राखेका थिए । कार्यक्रम उधोग वाणिज्य संघ चन्द्रपुरका अध्यक्ष सुनिल साहको अध्यक्षतामा सम्पन्न भएको थियो भने जिल्ला सदस्यहरु बासुदेव अधिकारी , दिवाकर सापकोटा लगाएतको उपस्थिती रहेको थियो । करीव एकसय जना व्यापारीहरु कार्यक्रममा सहभागी भएका थिए । सो कार्यक्रमको संचालन उधोग बाणिज्य संघ चन्द्रपुरका महासचिव सुनिल साहले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here